आइएमई मोटर्स र नबिल बैंकबिच कर्जा उपलब्ध गराउने सम्झौता


काठमाडौँ । अशोक लेल्यान्डको नेपालका लागि आधिकारिक बिक्रेता आइएमई मोटर्स र नबिल बैंकबिच सवारी साधनका लागि कर्जा उपलब्ध गराउने सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा आइएमई मोटर्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत हेमन्त पुराणिक र बैंकको तर्फबाट कर्पोरेट हेड चाँदनी श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

ग्राहकले सो अफर अन्तर्गतको सुविधा अशोक लेल्यान्डका देशभर रहेका १७ शोरुम वा नबिल बैंकको कुनै पनि शाखाबाट प्राप्त गर्न सकिने उल्लेख गरिएको छ । अशोक लेल्यान्ड ब्राण्डका सवारी साधन किन्नका लागि बैंकले सुलभ ब्याजदरमा अधिकतम ७० प्रतिशतसम्म कर्जा उपलब्ध गराउने जनाएको छ ।