‘नेपाली पात्रो’ र ‘तोयनाथ पञ्चाङ्ग’बिच सम्झौता


काठमाडौं । नेपाली पात्रो’ र तोयनाथ पञ्चाङ्गबिच सहकार्यका लागि सम्झौता भएको छ । तोयनाथ पञ्चाङ्ग विगत १३५ बर्षदेखि नेपालमा प्रकाशित हुँदै आएको छ ।

प्रविधिको विकास सँगै एण्ड्रोइड तथा आइफोन जस्ता स्मार्टफोनमा नेपाली प्रयोगकर्ताहरुले खोज्ने प्रमाणित पञ्चाङ्ग साइत, लग्न, चाडबाड तथा तिथी मितीको विश्वस्नीय छापा संस्करण तोयनाथ पञ्चाङ्ग र मोबाइल एप्लिकेशन ‘नेपाली पात्रो’बिच सहकार्य भएको हो ।