महासंघकाे केन्द्रीय सदस्य उम्मेदवार कार्कीलाई झापाका ४ वस्तुगत संघको समर्थन


झापा । झापाका ४ वटा वस्तुगत संघले नेपाल उद्योग वाणिज्य महासंघकाे केन्द्रीय सदस्यका उम्मेदवार राजकुमार कार्की (राजु) समर्थन गर्ने निर्णय गरेका छन् ।

आज बिर्तामोडमा नेपाल अलैँची व्यवसायी महासंघले पत्रकार सम्मेलन गरेर कार्कीलाई समर्थन गर्ने निर्णय गरेको जानकारी गराएको हो ।

कार्कीलाई यसअघि नै नेपाल भेनियर उत्पादक संघ, नेपाल सुपारी प्रशोधन तथा निर्यात संघ, नेपाल अदुवा उत्पादक तथा व्यवसायी संघले समर्थन गर्ने निर्णय गरिसकेका छन् ।

कार्कीले २०७९ चैत २८ र २९ गते हुने नेपाल उद्योग वाणिज्य महासंघको वार्षिक साधारण सभा तथा निर्वाचनमा वस्तुगत तर्फको केन्द्रीय कार्य समिति सदस्यको उम्मेदवारी दिने घोषणा गरेका छन् ।

झापाका वस्तुगत संघहरुको समर्थनले आफूलाई जितका लागि थप बलियो आधार भएको कार्कीले बताए । कार्की महासंघका निवर्तमान अध्यक्ष तथा नेपाल कुचो संघका केन्द्रीय अध्यक्ष हुन् ।

नेपाल अलैंची व्यवसायी महासंघले कार्कीलाई समर्थन गर्दै जारी गरेको विज्ञप्ति: