हिउँले ढपक्कै गोसाइँकुण्ड (फोटो फिचर) 


धार्मिक र पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण गन्तब्य गोसाइँकुण्ड घुम्न  जाने सिजन सुरू भएको छ । दैनिक पर्यटकको चाप बढ्न थालेको यस क्षेत्रमा निरन्तर हिँउ परिरहँदा पुरै गोसाइँकुण्ड क्षेत्र नै हिउँको घुम्टो ओढेको जस्तो देखिन्छ । रसुवा जिल्लाको लाङ्टाङ् निकुञ्ज क्षेत्रभित्र पर्ने गोसाइँकुण्ड क्षेत्र ४ हजार  ३८० मिटर उचाइमा अवस्थित छ। हिन्दुहरूका राध्यदेव शिव, विषले निश्लोट भएपछि जमिनमा गाडेको त्रिशुलबाट गोसाँकुण्ड सिर्जना गरेको विश्वास छ। त्रिशुली नदीको श्रोतसमेत रहेको यो कुण्ड राष्ट्रिय विभूति काजी अमरसिंह थापाले अंग्रेजसँग भएको सुगौली सम्बन्धको चोट सहन नसकी प्रायश्चितका लागि यही ठाउँमा तपस्या गर्दागर्दै आफूलाई ब्रह्मलिन गराएको भनाइ छ । साना ठूला गरेर यस गोसाइँकुण्डमा जम्मा १०८ कुण्ड रहेका छन् । काठमाडाैंकाे सुन्दरीजलबाट यस क्षेत्रतर्फ जानेहरू ५ दिनकाे यात्रामा गाेसाइँकुण्ड पुगेर फर्कने गरेका छन् ।

तस्बिरः समीर पाैडेल/समय शाह