अभियान लघुवित्तद्वारा विश्व वित्तीय सप्ताहको अवसरमा वित्तीय साक्षरता कार्यक्रम सम्मन्न


काठमाडौँ । अभियान लघुवित्त वित्तीय संस्थाले सदस्य, ग्रामिण भेगका महिला, अभिभावक तथा युवाहरुलाई विभिन्न तालिम तथा कार्यक्रमलाई निरन्तरता दिदै वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम सम्पन्न गरेको छ । विश्व वित्तीय सप्ताह (मार्च २० देखि २६ ) को अवसरमा आइतबार काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिकामा सदस्य, अभिभावक तथा युवाहरूलाई वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम सम्पन्न गरेको हो ।

संस्थाको सञ्चालक समितिका सदस्य केशव थापाले बचत, कर्जा कारोबार सँगसँगै भविष्यको योजना साकार पार्न वित्तीय योजना साक्षरता हुनुपर्ने बताए । थापाले पछिल्लो समयमा समाजमा कर्जा तिर्नु पर्दैन भन्ने भ्रम फैलाउने कार्यहरू भईरहेको भन्दै काेही पनि यस्ता भ्रमको पछि नलागि व्यापार, व्यवासाय गरी उद्यमी बन्न आग्रह गरेका थिए ।

कार्यक्रममा संस्थाको परिचय, लघुवित्त वित्तीय संस्थाको सेवा, अभियान लघुवित्त वित्तीय संस्थाले प्रदान गर्ने बस्तु तथा सेवाको बारेमा मानव तथा संशोधन विभागका विभागीय प्रमुख योगेन्द्र प्रसाद प्रसाईले जानकारी गराएका थिए ।

त्यस्तै वित्तीय साक्षरताको महत्व, फाइदा, बचत किन र कसरी गर्ने ? आफनो तथा परिवारको अनावश्यक फजुल खर्च नियन्त्रण कसरी गर्ने ?, लक्ष्य हासिल गर्न बचतको योजना कसरी तयार गर्ने ?, पारिवारिक बजेट र लघुउद्यम व्यवसायको बारेमा अनुगमन विभागका विभागीय प्रमुख टोप बहादुर थापाले प्रशिक्षण दिएका थिए ।

उक्त कार्यक्रममा ५० जनाको सहभागिता रहेको थियो ।