हुन्डाईको ‘हुन्डाईसँग नयाँ वर्ष २०८०’ योजना सार्वजनिक


काठमाडौँ । हुन्डाईको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नेपाली नयाँ वर्ष २०८० को उपलक्ष्यमा ‘हुन्डाईसँग नयाँ वर्ष २०८० अफर’ सार्वजनिक गरेको छ ।

कम्पनीले ल्याएको उक्त अफरमा हुन्डाईको नयाँ गाडी खरिद गर्ने ग्राहकहरूले ५ लाखसम्म नगद छुट पाउने छन् । त्यसैगरी नयाँ वर्ष बोनसको रुपमा ८० हजार र एक्सचेन्ज गर्दा एक्सचेन्ज बोनस ८० हजार रुपैयाँ सम्म उपलब्ध हुनेछ ।

यस्तै मोडल इयर डिस्काउन्ट स्वरुप २ लाख रुपैयाँ छुट हुने कम्पनीले जनाएको छ । अन्य अफरमा कम्पनीले १ वर्षको बिमा र सडक कर निःशुल्क उपलब्ध गराउने छ ।

यो अफर आजबाट प्रारम्भ भइसकेको र एक महिनासम्मको लागि सञ्चालन हुने कम्पनीको भनाइ छ । हुन्डाईका गाडीहरूमा ६ वर्ष सम्म निःशुल्क सर्भिसिङ तथा ३ वर्ष सम्मको वारेन्टी उपलब्ध छ ।