विश्व वित्तीय सप्ताहमा सानिमा बैंकद्वारा देशैभरका शाखामार्फत वित्तीय साक्षरता कार्यक्रम


काठमाडौँ । सानिमा बैंकले चैत्र ६ देखि १२ गतेसम्म विश्व वित्तीय साक्षरता अभियान अन्तर्गत देशैभरिका शाखाहरूबाट वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

उक्त अवसरमा बैंकका कर्मचारीहरूलाई तीन दिने भर्चुअल तालिमको व्यवस्था गरेको थियो । उक्त तालिममा वित्तीय साक्षरता कार्यक्रमको उपयाेगिता र उद्देश्यका बारेमा जानकारी प्रदान गराएकाे बैंकले जनाएको छ ।

बैंकका अनुसार वित्तीय साक्षरता अभियान अन्तर्गत देशभरिका शाखाहरू मार्फत छनाेट गरिएका स्कुल तथा कलेजहरूमा बैंकिङ्ग साक्षरता सम्बन्धी कार्यक्रमहरू संचालन गरेको हो ।

विगतका वर्षहरूदेखि देशका सातै प्रदेशमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आफ्ना शाखाहरू मार्फत युवा, महिला तथा अन्य समुदाय लक्षित वित्तीय साक्षरता कार्यक्रमहरू संचालन गर्दै आएका बैंकले जनाएको छ ।