एसएमईज प्लेटर्फमका लागि नियमावलीको डाफ्ट सार्वजनिक गर्दै धितोपत्र बोर्ड


काठमाडौं । नेपाल धितोपत्र बोर्डले साना तथा मझौला कम्पनीको छुट्टै कारोबारको लागि नियमावलीको डाफ्ट सार्वजनिक गर्ने भएको छ ।

लगानीकर्ताहरुको संस्था नेपाल इन्भेष्र्टस फोरम, सेयर लगानीकर्ता संघ तथा नेपाल पुँजी बजार संघको आयोजनामा भएका एक अन्तरक्रिया कार्यक्रममा बोल्दै बोर्डका अध्यक्ष रमेश हमालले आज एसमएईज प्लेटर्फमको लागि तयार भएको नियमावलीको डाफ्ट सार्वजनिक गर्ने बताएका हुन् ।

उनले भने,“एसेम्बल प्लेटर्फम तयार भएको छ । अब नेप्सेको दुईवटा इन्डेक्स रहन्छ । त्यो सबैको लागि हुनेगरि हाम्रो वेवसाइटमा नै राख्ने छौँ । यो पहिलो पटक बनाएको नीति हो । यसलाई हामीले बहुआयमि पक्षमा हेर्नुपर्छ । त्यसैगरि त्यो नितिमा केही गल्ती गरेका छौँ, वा केही मिलाउन पर्ने छ भने त्यसको लागि तपाईँहरुले हामीलाई सुझाव दिन जरुरी रहेको छ ।”

एसएमइज प्लेटर्फमको उदेश्य साना, मझौला लगानीकर्ताहरुलाई पुँजीबजारमा आउनको लागि अनुकुल वातावरण बनोस् रहेको हमालले बताए ।

“स्टार्टअप कम्पनीहरुलाई आउने बाटो बनोस् भनेर यो प्लेटर्फम ल्याएको हो र त्यसलाई छिटो भन्दा छिटो ल्याउने हमालको दावी छ । पहिलो कुरा भनेको अहिले हाम्रो नीति बन्यो अब यसलाई बोर्डबाट पास गरेर क्याबिनेटमा लाने छौँ ”हमालले भने ।

अध्यक्ष हमालले सात महिनादेखि मुद्दा विचाराधीन हुँदा समस्या भएको बताए ।

अध्यक्ष हमालले भित्री कारोबार (इन्साइडर ट्रेडिङ)मा संलग्न एक जनाविरुद्ध मुद्दा दायर गरेको र यसमा संलग्न अन्य व्यक्ति र कम्पनीमाथि पनि मुद्दा दर्ताको तयारी भइरहेको बताए । त्यसबारे थप अध्ययन अनुसान्धान भइरहेको हमालको भनाइ छ ।

उनले पुँजी बजारको ३० वर्षे इतिहासमा भित्रि कारोबारमा संलग्न माथि मुद्दा चलाइएको पहिलो घटना भएको बताए ।