नेतृत्वप्रति असन्तुष्ट प्रकट गर्दै स्वर्णिम वाग्लेले त्यागे नेपाली कांग्रेस


काठमाडौँ । नेपाली कांग्रेसमा आवद्ध अर्थशास्त्री डा. स्वर्णिम वाग्लेले पार्टी परित्याग गरेका घोषण गरेका छन् । नेपाली कांग्रेसको पारिवारिक पृष्ठभूमिसँगै कांग्रेसमा जोडिएर पछिल्लो दशक पार्टीकै विभिन्न काममा संलग्न रहेका वाग्लेले कांग्रेस त्याग गरेको घोषणा गरेका छन्। वाग्लेले काँग्रेस पार्टीभित्रका गतिविधिहरू कांग्रेसजनको शीर निहुरिने अवस्था आएकाले ५० वर्षदेखिको पारिवारिक विरासत गाँसिएको नेपाली काँग्रेस पार्टीबाट अलग हुने घोषण गरेका हुन् ।

उनले सामाजिक संजालमा लेख्दै भनेको छन्, “पार्टीभित्र ३० वर्षदेखि परोक्ष र गत १० वर्षदेखि प्रत्यक्ष रुपमा आर्थिक नीति र योजना, बौद्धिक(सैद्धान्तिक विमर्श र प्रशिक्षण एवं अन्तर्राष्ट्रिय वैधताको विस्तारमा उल्लेख्य योगदान गरे। विशेषत: याेजना आयोगमा सुशील कोइराला र शेरबहादुर देउवा दुबैले दिनुभएकाे जिम्मेवारी कौशलका साथ सम्पन्न गरेर मुलुकको मान राख्न सकेकोमा गर्व गरेको छु ।’’

वाग्लेले बिपी कोइराला, गणेशमान सिंह, सुवर्ण शमशेर र किशुनजीको ऐतिहासिक दल अहिले दाई/भाउजु/साला/भतिजको अक्षम गिरोहमा परिणत हुने क्रममा बढेको बताएका छन् ।

त्यस्तै उनले सुशासनको जगमा स्वच्छ लोकतन्त्र र आर्थिक उन्नतिको एजेण्डा बोक्दै २०८० को शुरुवातसँगै नयाँ सार्वजनिक भूमिकामा सक्रिय हुने जनाएका छन् ।