‘बैंक तथा वित्तीय संस्था माथिको आक्रमणले वैदेशिक लगानीमा असर गर्छ’


काठमाडौँ । नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले पछिल्लो समय बैंक तथा वित्तीय संस्थामा चैरैतिरबाट आक्रमण भइरहेको बताएका छन् ।

नेपाल बैंकर्स संघले गरेको पत्रकार सम्मेलनमा एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत तथा नेपाल बैंकर्स संघका अध्यक्ष केसीले बैंक तथा वित्तीय संस्थामाथिको आक्रमणले आर्थिक अवस्थालाई कमजोर बनाउने बताए ।

उनले बैंक तथा वित्तीय संस्था माथिको आक्रमणको कारण विदेशबाट लगानी ल्याउनको लागि प्रभाव पार्ने र भोलिको दिनमा समस्या पर्ने बताए ।

उनले भने,“नेपालमा गत वर्ष १६० मिलियनको हाराहारीमा प्रत्यक्ष वैदेशिक लगानी ल्याउँदा बंगलादेशमा ३०० बिलियनको हाराहारी ल्याएको थियो । अहिलेको यो आक्रमणको कारण पनि नेपालमा प्रत्यक्ष वैदेशिक लगानी नआउन सक्छ हामीले बेलैमा विचार पुर्याउनुपर्छ । हामी आन्तरिक स्रोतमा भरपर्दा समस्या आइरहेको छ ।”

उनले बैंक माथिको आक्रमणले नेपालको विश्वसनीयता कमी हुन्छ कन्ट्री रेटिङ पनि नभएका कारण भोलीको दिनमा समस्या पर्ने बताए ।

उनले बैंक तथा वित्तीय संस्थाको ब्याजदर बढ्नुको कारण बाहिरी अवस्था रहेको बताए । आधारदर केही बढेको, स्प्रेड रेट कम भएको र ब्याज केही बढेको हो यो अवस्था कोभिड भन्दा पहिलेको रहेको उनले उल्लेख गरे ।

उनले भारतसँगको स्थिर मुद्रा सटही, व्यापार र युद्धका कारण नेपालको ब्याजदर बढेको बताए । केसीले ब्याजदर वा वाह्य अवस्थाको कारण व्यावसायमा आत्मबल आउन नसकेको जानकारी दिए । पुँजीगत खर्च नहुँदा निक्षेपमा समस्या पर्ने केसीले बताएका छन् ।