थ्री स्टार हाइड्रोले पायो आइपीओ निष्काशनको अनुमति


काठमाडौं । थ्री स्टार हाइड्रोपावर लिमिटेडलाई सर्वसाधारणको लागि सेयर जारी गर्न धितोपत्र बोर्डले अनुमति प्रदान गरेको छ । बोर्डले कम्पनीलाई १२ करोड बढी रुपैयाँ बराबरको आइपीओ निष्काशनको लागि चैत १७ गते अनुमति प्रदान गरेको जनाएको छ । कम्पनीले आइपीओ निष्काशनको लागि गत साउन १७ गते बोर्डमा निवेदन दिएको थियो ।

बोर्डका अनुसार कम्पनीले आयोजना प्रभावित स्थानीय सहित सर्वसाधारणमा १२ करोड ३१ लाख २५ हजार बराबरको १२ लाख ३१ हजार २ सय ५० कित्ता आईपीओ बिक्री गर्नेछ ।

हाल कम्पनीमा संस्थापक तर्फको ७५ प्रतिशत सेयर स्वामित्व कायम रहेको छ भने चुक्तापूँजी ३६ करोड ९३ लाख ७५ हजार रहेको हो ।

कम्पनीले आयोजनाप प्रभावित स्थानीय सहित सर्वसाधारणमा २५ प्रतिशत सेयर बिक्री गर्न लागेको हो । सर्वसाधारणमा आईपीओ बाँडफाँड पछि कम्पनीको चुक्तापूँजी ४९ करोड २५ लाख कायम हुनेछ ।

यो आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको काम हिमालयन क्यापिटल लिमिटेडले गर्नेछ ।