नेपाली बजारमा २५ औँ वर्षको सफल लिडरसीप मनाउँदै बजाज


काठमाडौँ । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.ले आफ्नो रजत जयन्तीको अवसरमा ‘लिडरसीपको २५ वर्ष: बजाज लिडर्स मिट–२०२३’ मनाएको छ । सन् १९९८ मा नेपाली बजारमा प्रवेश गरेदेखि हाइ–पर्फर्मेन्स मोटरबाइकहरु उपलब्ध गराउँंदै आएको छ ।

बजाजका बाइकहरु नेपालमै एसेम्बल हुने गरेका छन् । मोटरसाइकल असेम्ब्ली प्लान्ट हुलास अटो क्राफ्टले नेपालमै बजाज मोटरसाइकलहरु असेम्बल गर्दै आएको छ ।

बजाजले नेपाली अटो उद्योगमा निरन्तर रुपमा नयाँँ प्रविधी र डिजाइन युक्त मोटरसाइकलहरु ल्याउँदै नयाँ बेन्चमार्कहरू स्थापित गर्दै आएको जनाएको छ । मोटरसाइकल र तीन पाङ्ग्रे अटो लगायतका सवारीसाधनहरुको विभिन्न मोडलहरु उत्पादन गर्दै आएको छ ।

हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.का निर्देशक अभिमन्यु गोल्छाले भने, “नेपालको अटोमोटिभ उद्योगमा बजाजको २५ औँ वर्षको रजत उत्सव मनाउन पाउँदा खुशी लागेको छ । आफ्नो स्थापनाकालदेखि आजसम्म हामीले धेरै लामो यात्रा तय गरेर आएका छौं । हाम्रा कर्मचारीहरू र डिलरहरूको कडा परिश्रम र समर्पण एवम् हाम्रा ग्राहकहरूको अपार माया र निरन्तर साथले गर्दा नै यो सम्भव भएको हो र यसको लागि सबैलाई धन्यवाद दिन चाहन्छु ।”

बजाजले नयाँँ वर्ष २०८० को अवसर पारेर नव–वर्ष २०८० क्याम्पेन पनि लन्च गरेको छ जसअन्तर्गत बजाजका कुनै पनि आधिकारिक डिलरहरुबाट मोटरसाइकल खरिद गर्ने २५ जना उपभोक्ताहरुले २५% सम्म डाउन पेमेन्ट, १० हजारसम्मको स्योर–शट क्यास डिस्काउन्ट, एक किलो चाँदी पनि जित्ने मौका प्राप्त गर्न सक्नेछन् ।