नयाँ नयाँ अफर ल्याउँदै, ग्राहक तान्दै अटो व्यवसायी


काठमाडाैँ । सरकारले विदेशी मुद्रा सञ्चितमा भार परेको भन्दै पेट्रोलबाट चल्ने जिप, कार, भ्यान र १५० सीसीभन्दा माथिका दुईपङ्ग्रे सवारीसाधनको आयातमा ८ महिना प्रतिबन्ध लगायो । २०७९ वैशाख १३ गतेदेखि लागू गरेको सवारीसधान आयात प्रतिबन्ध सरकारले गत पुस १ गते खुला गर्यो ।

८ महिना लामो प्रतिबन्धका बाबजुद पनि नयाँ वर्ष २०८० साललाई लक्षित गर्दै अटोमोबाइल व्यवसायीले धमाधम अफरहरू सार्वजनिक गर्न थालेका छन् ।

थाला परेको अटो क्षेत्रलाई केही हदसम्म माथि उकाल्ने आशा बोकेर अघि बढेका व्यवसायीले ग्राहक तान्नका लागि विभिन्र अफरहरू सार्वजनिक गर्दै आएका छन् । त्यस्तो अफर ल्याउँदा समेत नागरिकहरू सवारी साधनप्रति आर्कषित नभएको व्यवसायी बताउँछन् ।

उसो त अटो क्षेत्रमा नयाँ नयाँ ब्राण्डका गाडीहरू भित्राएर ग्राहकको माग र आपूर्तिलाई पूरा गर्न सकेमात्र अटो क्षेत्र तीव्र गतिमा अघि बढ्ने सिप्रदी ट्रेडिङका कार्यकारी निर्देशक राजनबाबु श्रेष्ठले बताउँछन्।

उनि भन्छन्, ‘विगत आठ महिना आयात प्रतिबन्ध हुदाँ अस्ताएको अटो बजार नयाँ वर्षमा समेत केही रौनक देखिएको छैन।’

ग्राहकहरूमा उत्साह छैन

नयाँ वर्ष २०८० नजिकिदैँ गर्दा विभिन्र कम्पनीहरूले ग्राहक तान्रको लागि धामाधम अफरहरू सार्वजनिक गर्दै आएका छन् तर उक्त अफरमा समेत ग्राहकहरू कुनै उत्साहित नभएको नाडा अटोमोबाइल्स एशोसिएशनका अध्यक्ष धुव्र थापा बताउँछन् ।

विशेषगरि त प्रतिबन्धका कारण बन्द भएका सोरुमदेखि कर्मचारीलाई पहिलाको अवस्थामै फर्काउन समेत वर्षौ लाग्ने अध्यक्ष थापाले बताए ।

उनी भन्छन्,“ सरकारले आठ महिना लगाएको प्रतिबन्धका कारण अटो क्षेत्रले अझै कहिलेसम्म समस्या भोग्नु पर्ने हो । थाहा छैन । व्यापार केही छैन । मानिसहरूमा केही उत्साह नै छैन ।” उसो त २०७९ सालको दशैँ, तिहारमा समेत ग्राहकहरू उत्साहित नभएको अटो क्षेत्रमा नयाँ वर्षमा पनि केही उत्साह नभएको व्यवासायी बताउँछन् ।

राष्ट्र बैंकको निर्देशनअनुसार सवारी कर्जा लिँदा गाडीको बजार मूल्यको ५० प्रतिशतसम्म मात्र बैंकले ऋण दिन पाउँछन् । यसअघि ६२ प्रतिशतसम्म बैंकले कर्जा दिन्थे । तर आयात प्रतिबन्धपछि पेट्रोलियम गाडीको लागि बैंकहरूले कर्जा उपल्बध गराउन छाडेका छन् । जसले गर्दा व्यवासायलाई गाडी खरिद गर्न लागि सकस बन्दै गएको छ भने ग्राहकहरूले सहज रुपमा सवारी किन्र सकेका छैनन् ।

नयाँ वर्षका अफरहरू सार्वजनिक गर्दा सोरुमहरूमा ग्राहकको भिड देखिएता पनि बैंकले ऋणा नदिदाँ गाडी किन्रे ग्राहकहरू कम नै भएको हुन्डाई गाडीका बजार प्रबन्धक सन्दिप शर्माले बताए ।

उनका अनुसार नेपाल राष्ट्र बैंकले लागू गरेको अटो लोन÷हायर पर्चेज कर्जामा जोखिम भारलाई एक सय ५० प्रतिशतबाट पुरानै अवस्था ७५ प्रतिशतमा नल्याएसम्म सवारी साधनको खरिद बिक्रीमा कुनै सुधार हुदैँन । शर्माले पछिल्लाे समय आएका समाचारले वैशाखदेखि अटो क्षेत्रमा सकरात्मक बाटाे जाने बताएका छन् ।

अर्थमन्त्रीदेखि प्रधानमन्त्री भेट्ने दौडधुप

केही वर्षदेखि समस्याको चपेटामा परेको अटो क्षेत्रलाई उकास्नको लागि व्यवसायीले पटक पटक अर्थमन्त्रीदेखि प्रधानमन्त्रीलाई भेटेर सहज निति ल्याउन अग्रह गर्दै आएका छन् । त्यै क्रमलाई निरन्तरता दिदैँ नयाँ अर्थमन्त्री आएको महिनादिन नबित्दै व्यवसायीहरू अटोमोबाइल क्षेत्रका समसामयिक समस्याको विषयमा छलफल गर्न र उक्त क्षेत्रलाई सहज रुपमा अघि बढाउनको सहज निति ल्याउनको लागि नाडाका पदाधिकारीहरूले अर्थमन्त्री डा प्रकासशरण महतलाई समेत भेटघाट गरेको छन् । सोमबार नाडाका अध्यक्ष ध्रुब थापाको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले अर्थ मन्त्री महतसँग भेट गरेको हो ।

अहिले सरकारले सवारी साधनहरूलाई विलाशिताको वस्तुमा वर्गीकरण गरेको छ । नाडा अध्यक्ष थापाले यसकारण सरकारले सोही अनुरूप नीतिहरूको निर्माण गरिरहेको गुनासो गरे । जसले अटोमोबाइल क्षेत्र धरासायी बनाएको र सो वर्गीकरणबाट हटाउन समेत आग्रह गरेको बताए ।

अध्यक्ष थापाले अटो लोन हायर पर्चेज कर्जामा जोखिम भारलाई १५० प्रतिशतबाट पुरानै अवस्थामा ल्याउनु पर्ने अर्थात ७५ प्रतिशत कायम गरिनु पर्ने, सुस्ताएको अटोमोबाइल व्यवसायलाई गतिशिल बनाउन बैंकहरूबाट निजी सवारी साधनको हायर पर्चेज कर्जा प्रवाह गर्ने प्रकियामा हालको ५० प्रतिशतको सीमालाई वृद्धि गरिनुपर्ने र चालु पुँजी कर्जा सम्बन्धी निर्देशिकामा भएका केही अव्यावहारिक बुँदाहरूको संशोधनका लागि समेत अनुरोध गरेको बताएका छन् । थापाले उक्त विषयमा प्रधानमन्त्रीसँग समेत छिट्टै भेटवर्ता गरेर अटो क्षेत्रमा देखिएको समस्याको समाधान गर्न सहज निति ल्याउन अनुरोध गर्ने बताए ।

साथै भेटघाट कार्यक्रममा अध्यक्ष थापाले विद्युतीय सवारी साधनहरूको प्रयोगलाई प्रोत्साहित गर्न त्यसमा लाग्ने भन्सार तथा अन्तःशुल्क महशुलमा थप छुट दिन अनुरोध गरेको बताए ।

कुन ब्राण्डको कस्तो अफर

जि।डब्लु।एम : गाडी खरीदमा ५ लाख रुपैयाँ बराबरको फाइदा

ग्रेट वाल मोटर (जि.डब्लु.एम) गाडीको नेपालका लागि आधिकारीक विक्रेता भि।जी। इम्पेक्सले नेपाली नयाँ वर्ष २०८० को अवसरमा (हर्षमय नव वर्ष २०८०) अफर ल्याएकाे हाे ।

यो अफर नेपालभर १५ दिनसम्म लागू हुने यो अफरमा खरिद गरिएका जि।डब्लु।एम का सबै मोडलका गाडीहरूको खरीदमा ५ लाख रुपैयाँ बराबरको फाइदा उपलब्ध हुने कम्पनीले बताएको छ।

जसमा आकर्षक नगद छुट, स्पेशल सेलिवे्रशन डिस्काउन्ट र अन्य आकर्षक अफरहरू मान्य हुनेछ । (हर्षमय नव वर्ष २०८०) अभियान ग्राहकहरू प्रति आफ्नो प्रतिवद्वतालाई निरन्तरता दिँदै सार्वजनिक गरेको हो र ग्राहकहरूलाई नयाँ वर्ष उत्साहपूर्वक र हर्षोल्लासपूर्ण बनाउन उत्कृष्ट विकल्प हुने कम्पनीको भनाइ छ ।

यो अफरमा ग्राहकले आकर्षक नगद छुट, स्पेशल सेलिव्रेशन छुट सहित ५ लाखसम्मको फाइदा पाउनेछन्। हरेक जि।डब्लु।एम गाडीको खरिदमा, ग्राहकले निःशुल्क एक्सेसोरिज का साथ स्ट्यान्डर्ड वारेन्टी, ५ वर्षको वारेन्टी, स्पट भ्यालुएसन र एक्सचेन्जको बोनसका साथ ३ वर्षको निःशुल्क सर्भिस उपलब्ध हुने कम्पनीले बताएको छ ।

यामाहा : बाइक वा स्कुटर किन्नुअघि नै ५० हजार रुपैयाँसम्मको क्यासब्याक जित्ने मौका

नयाँ वर्ष २०८० को अवसरमा नेपालका लागि यामाहा मोटरसाइकल र स्कुटरको आधिकारिक वितरक एमएडब्लु इन्टरप्राइजेजले ‘पावर अफ फाइभ’ उपहार योजना ल्याएकाे हाे ।

कम्पनीका अनुसार यस योजना अन्तर्गत कम्पनीले यामाहाको नयाँ बाइक वा स्कुटर किन्नुअघि नै अधिकतम ५० हजार रुपैयाँसम्मको ग्यारेन्टी क्यासब्याक जित्ने मौका उपलब्ध गराउने छ । त्यस्तै खरिद गरेपछि फेरि वाइल्ड कार्ड मार्फत १ लाख रुपैयाँसम्मको ग्यारेन्टी क्यासब्याक जित्ने मौका पाउने छन् ।

खरिद गरे पश्चात् पनि ३ जना भाग्यशाली विजेताहरूले आफ्नो रेफरल कोड सेयर गरी साप्ताहिक रूपमा आइफोन१४ वा एपल वाच वा एपल एयरपोड्स जित्ने मौका पाउनेछन् । यो योजना आर१५, एमटी१५ र फ्यासिनो मोडल बाहेक अन्य यामाहाका मोटरसाइकल र स्कुटरहरुमा मात्र लागु हुने कम्पनीले जनाएको छ ।

यामाहा नेपालले यो योजना अन्तर्गत पाँचवटा अफर ल्याएको छ । पहिलो योजना अन्तर्गत, जो कोहीले पनि घरमै बसी बसी यामाहापावरअफ ५ डटकममा गएर वा क्यूआर कोड स्क्यान गरेर यो योजनामा सहभागी हुन सक्नेछन् । सहभागी ग्राहकले किन्नुअघि नै अधिकतम ५० हजार रुपैयाँसम्मको ग्यारेन्टी क्यासब्याक जित्ने अवसर प्राप्त गर्नेछन् ।

ग्राहकले यामाहा बाइक वा स्कुटर खरिद गरेपछि वाइल्डकार्डमा सहभागी भएर १ लाख रुपैयाँसम्मको अर्को क्यासब्याक अफर जित्न सक्नेछन् । बाइक वा स्कुटरको खरिदमा ग्राहकहरूले एक पृथक रेफरल कोड पनि प्राप्त गर्नेछन् जुन उहाँहरूले आइफोन १४ वा एपल वाच वा एपल एयरपोड्स जित्नका लागि सकेसम्म धेरै व्यक्तिहरूलाई शेयर गर्न सक्ने कम्पनीले जनाएको छ ।

हुन्डाई : गाडी खरिद गर्ने ग्राहकहरूले ५ लाखसम्म नगद छुट पाउने

हुन्डाईको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नेपाली नयाँ वर्ष २०८० को उपलक्ष्यमा ‘हुन्डाईसँग नयाँ वर्ष २०८० अफर’ ल्याएकाे हाे ।

कम्पनीले ल्याएको उक्त अफरमा हुन्डाईको नयाँ गाडी खरिद गर्ने ग्राहकहरूले ५ लाखसम्म नगद छुट पाउने छन् । त्यसैगरी नयाँ वर्ष बोनसको रुपमा ८० हजार र एक्सचेन्ज गर्दा एक्सचेन्ज बोनस ८० हजार रुपैयाँ सम्म उपलब्ध हुनेछ ।

यस्तै मोडल इयर डिस्काउन्ट स्वरुप २ लाख रुपैयाँ छुट हुने कम्पनीले जनाएको छ । अन्य अफरमा कम्पनीले १ वर्षको बिमा र सडक कर निःशुल्क उपलब्ध गराउने छ ।

यो अफर आजबाट प्रारम्भ भइसकेको र एक महिनासम्मको लागि सञ्चालन हुने कम्पनीको भनाइ छ । हुन्डाईका गाडीहरूमा ६ वर्ष सम्म निःशुल्क सर्भिसिङ तथा ३ वर्ष सम्मको वारेन्टी उपलब्ध छ ।

टीभीएस : बाइक खरिदमा ५ हजार रुपैयाँ मूल्य बराबरको हेल्मेट सित्तैमा
नेपाली टु विलर मार्केटको टेक्नोलोजी चयाम्पियनस्का रुपमा स्थापित टीभीएसले नयाँ वर्षको अवसरमा आकर्षक अफर ल्याएकाे हाे ।

गुणस्तर र टेक्नोलोजी फ्रेन्डली मोटरसाइल उत्पादनमा सधैं अगाडि रहेको यस ब्राण्डले पछिल्लो समय आफना बाइक र स्कुटरमा एडभान्स्ड फिचरहरूराख्दै प्रयोगकर्ताहरूमाझ निकै ठूलो प्रभाव पार्न सफल बनेको कम्पनीको दावी छ ।

नयाँ वर्षको अवसरमा टीभीएसले आफ्ना हरेक बाइकको खरिदमा ८ हजार रुपैयाँको स्योर सट क्यास डिस्काउन्ट, स्कुटरको खरिदमा ७ हजार स्योर सट क्यास डिस्काउन्ट र अपाचे बाइकको खरिदमा ५ हजार रुपैयाँ मूल्य बराबरको हेल्मेट सित्तैमा उपलब्ध गराइने छ ।

कम्पनीका अनुसार शून्य प्रतिशत ब्याजदरको फाइन्यान्स सुविधा र बाइक एक्सचेन्जमा बजार मूल्य भन्दा १० हजार बढी भ्यालुएसन पनि दिने निधो गरेको छ ।

चांगन : वैदेशिक भ्रमणदेखि ४० हजारसम्मको छुट

चांगन अटो नेपालले नयाँ वर्ष २०८० लाई लक्षित गरी नयाँ साल, साह्रै बबाल अफर ल्याएकाे हाे ।

चांगन अटो नेपालले प्रिमियम सेडान अल्सिभन र यसै चांगनको प्रिमियम पिकअप हन्टर लिन ईच्छुक ग्राहकको लागि आकर्षक अफरहरु सार्वजनिक गरेको हो । कम्पनीको अनुसार यो अफर वैशाख १ गतेदेखि ३१ गतेसम्मको लागि लागु हुनेछ ।

यस अफर अन्तर्गत ग्राहकले चांगनको कुनै पनि सवारी साधनको खरिदमा सिंगापुर र मलेसियाको ५ रात र ६ दिनको लागि वैदेशिक भ्रमण वा एप्पलको उत्पादन आइफोन १४, आइवाच र एयरपड्स जित्न सक्नेछन् ।

यसका साथै चांगनको कुनै पनि सवारी साधनको खरिदमा ५० हजार रुपैयाँसम्मको फेस्टिव बोनस तथा स्क्राच कार्ड मार्फत ५० हजार रुपैयाँसम्मको अधिक छुट पाउन सक्नेछन् । साथसाथै, ग्राहकले आफ्नो कुनै पनि ब्राण्डको साधन साट्न चाहे थप २ लाख रुपैयाँसम्मको एक्सचेन्ज बोनस प्राप्त गर्न सक्नेछन् ।

चांगन अटो नेपालले टेस्ट राइड गर्ने ग्राहकवर्गहरुलाई आकर्षक उपहार तथा हरेक हप्ता एक भाग्यमानी विजेतालाई १ रात र २ दिनको लागि नगरकोटमा होलिडे प्याकेजको व्यवस्था पनि मिलाएको छ ।