नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा अन्जन श्रेष्ठ निर्वाचित


काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा अन्जन श्रेष्ठ निर्वाचित भएका छन्।

महासंघको सम्पन्न निर्वाचनमा श्रेष्ठले ३७.९९, उमेशलाल श्रेष्ठले ३१.५५ र रामचन्द्र संघईले ३०.४६ प्रतिशत मत ल्याएका थिए। वरिष्ठ उपाध्यक्ष निर्वाचित हुनका लागि कम्तिमा ५१ प्रतिशत मत ल्याउनुपर्ने महासंघको विधानमा व्यवस्था छ ।

वरिष्ठ उपाध्यक्षको निर्वाचनमा पहिलो चरणमा संघई बाहिरिएपछि अन्जन र उमेशलाल श्रेष्ठबिच दोस्रो चुनावको तयारी भएको थियो । तर, सहमति भएपछि अन्जन महासंघको वरिष्ठ उपाध्यक्षमा चयन भएका हुन् ।

बुधबार भएको निर्वाचनमा तीन उपाध्यक्षसहित सात प्रदेश सदस्य, १८ र जिल्लानगर सदस्य, १४ वस्तुगत सदस्य, १९ एसोसिएट सदस्यका साथै एक द्वीराष्ट्रिय सदस्य निर्वाचित भएका थिए ।

जिल्लानगर र एसोसिएट उपाध्यक्षमा संघई समूहका सुरकृष्ण वैद्य र ज्योत्सना श्रेष्ठ, वस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ समूहका हेमराज ढकाल विजयी भएका छन्।