नयाँ वर्षको पहिलो कारोबार : नेप्से २ अंकले घट्दा कारोबार रकम ९७ करोडमा सीमित


काठमाडाैं । नयाँ वर्षको पहिलो कारोबारको दिन नेप्सेमा झिनो अंकको गिरावट आएको छ । आइतबार नेप्से परिसूचक २ अंकले घटेको छ भने कारोबार रकम एक अर्ब मुनि झरेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आइतबार सेयर मापक सूचक नेप्से परिसूचक २.८० अंकले घटेर १९३१.६८ अंकमा पुगेको छ । त्यस्तै राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ परिसूचक पनि ०.२६ अंकले घटेर ३६७.७३ अंकमा पुगेको छ ।

आज नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये ४ वटा उपसमुहको सेयरमूल्य बढेको छ भने बाँकी ९ वटा उपसमुहको सेयरमूल्य घटेको छ ।

आइतबार कारोबार रकमका आधारमा सोल्टि होटल लिमिटेडको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ३ करोड ८९ लाख ४ हजार ४ सय ९ रुपैयाँको कारोबार भएको छ ।

आजको दिन नेप्सेमा आर्दश लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयर मूल्य ९.९९ प्रतिशतले बढेर सकरात्मक सर्किट लेबलमा कारोबार भएको छ ।

त्यस्तै आज एशियन हाइड्रौ पावरका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको सेयरमूल्य ७.८३ प्रतिशतले घटेको छ ।

कुल २६५ कम्पनीको ३० लाख ५६ हजार ७ सय ७५ कित्ता सेयर किनबेच हुँदा ९७ करोड ४५लाख ९९ हजार ६१ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।