होण्डाले ल्यायो ‘चुज योर स्किम’ उपहार योजना


काठमाडौं । होण्डाको आधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनीले नयाँ वर्षको अवसर २०८० पारेर ‘होण्डा चुज योर स्किम’ योजना ल्याएको छ ।

यस योजना अन्तर्गत होण्डाको कुनैपनि बाइक वा स्कुटरको खरिदमा नगद १ लाख रुपैयाँसम्म जित्न सकिने स्क्र्याच कुपनसँगै ८ हजार रुपैयाँसम्मको स्पेयर पार्टस्, इन्जिन आयल र २ वर्षसम्मको फ्री सर्भिसिङ वा १० हजार रुपैयाँसम्मको अतिरिक्त स्क्र्याच कुपन वा १२ हजार ५०० रुपैयाँसम्मको ५ वर्षका लागि एनिवल मेन्टिनेन्स् कन्ट्र्याक ९एएमसी० मध्ये कुनै एक स्किम रोज्न सकिने छ ।

नयाँ वर्षको अवसर पारेर ल्याइएको यस उपहार योजनाले ग्राहकहरुमा नयाँ उत्साह थप्ने विश्वास कम्पनीले लिएको छ । होण्डाले १ प्रतिशत ब्याजदरमा सरल फाइनान्स सुविधा समेत प्रदान गरिरहेको कम्पनीले जनाएको छ ।