नेप्से १५ अंकले बढ्यो, कारोबार रकम ८७ करोडमै सीमित


काठमाडौं । साताको कारोबारको चौथो दिन भने सेयरबजारमा हरियाली छाएको छ । बुधबार सेयरबजार १५ अंकले बढ्दा कारोबार रकम भने बढ्न सकेन ।

नेपाल स्टक एक्सचेन्ज नेप्सेका अनुसार बुधबार सेयर मापक सूचक नेप्से परिसूचक १५.१३ अंकले बढेर १९२०.१२ अंकमा पुगेको छ ।

राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ परिसूचक पनि २.८५ अंकले बढेर ३६५.९० अंकमा पुगेको छ ।

बुधबार नेप्सेमा कारोबार भएका १३ उपसमुहमध्ये एउटा उपसमुह बाहेर सबै उपसमहुको सेयरमूल्य बढेको छ ।

बुधबार कारोबार रकमका आधारमा स्वाबलम्बन लघुवित्त वित्तिय संस्था अग्रस्थानमा रहेको छ । कम्पनीको ८ करोड ८३ लाख १३ हजार रुपैयाँको कारोबार भएको छ ।

आजको दिन नेप्सेमा कालिका दर्शन लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् ।

कुल २७३ कम्पनीको २५ लाख ७९ हजार ३ सय २५ कित्ता सेयर किनबेचहुँदा ८७ करोड २१ लाख ४१ हजार १ सय १६ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।