बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउन सुरू (फाेटाेफिचर)


काठमाडौँ । आजदेखि देशभरका बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउँने कार्यक्रम सरू भएकाे छ । दोस्रो चरणको ‘राष्ट्रिय भिटामिन ए’ कार्यक्रम अन्तरगत बुधबार र बिहिबार खुवाइनेछ । दुई दिन गरी करिब २७ लाख बालबालिकालाई भिटामिन ए र २३ लाख ९३ हजार बढी बालबालिकालाई जुकाको औषधि खुवाउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको योजना छ । ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ए र १ वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाईनेछ । काठमाडाैँमा महानागरपालिले वडाका विभिन्न केन्द्रमा भिटामिन ए र जुकाको औषधि खुवाउँने कार्यक्रम सरू गरेकाे हाे ।

शब्द/तस्बिरः पुष्पा पाल