ग्लोबल आइएमई बैंकको नाफा बढ्यो


काठमाडौँ । ग्लोबल आइएमई बैंकले चालू आर्थिक वर्षको ९ महिनामा ४ अर्ब ३५ करोड ४२ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

बैंकले सार्वजनिक गरेको तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार बैंकको नाफा गत वर्षको तुलनामा १६.९७ प्रतिशतले बढेको हो ।

गत आर्थिक वर्षको सोही अवधिमा बैंकको नाफा ३ अर्ब ७२ करोड ६२ लाख रुपैयाँ रहेको थियो । बैंकको खराब कर्जा ४ प्रतिशत नजिक पुगेको छ । ग्लोबल आइएमई बैंकको खराब कर्जा ३.९६ प्रतिशत पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकको खराब कर्जा १.४५ प्रतिशत रहेको थियो ।

बैंकले ११ अर्ब ७९ करोड २१ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले ७ अर्ब ४३ करोड ९७ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

बैंकको प्रतिशेयर आम्दानी १७.०८ प्रतिशत रहेको छ ।