वसन्त ऋतुको आगमनसँगै ढकमक्क काठमाडौँ सहर (फाेटाेफिचर)


काठमाडाैँ । वसन्त ऋतु प्राकृतिक हरियालीले सजिएको अनि सबैभन्दा रमाइलो र आनन्दको अनुभव गराउने ऋतु हो । वसन्त पञ्चमीको दिनदेखि प्रकृतिका समस्त पुराना कुराहरु हटेर जान्छन् र प्रकृतिले पुनः नयाँ श्रृंगार गर्छिन् । वसन्त ऋतु कसलाई पो मन पर्दैन र ! मन नै लोभ्याउने गरी चारैतिर हरियाली  छाउँदै सबै बोटबिरुवाका पुराना पातहरू झर्छन् ।

तुवाँलो र प्रदूषणले घेरेको राजधानी काठमाडौँमा  अहिले ढकमक्क फूलेका फूलहरुले जो कोहीलाई लोभ्याई रहेकाेछ । वसन्त ऋतुको आगमनसँगै अहिले काठमाडौं सहर र रंङ्गीचङ्गी फूलहरुले सुसज्जित भएको छ । काठमाडौँ उपत्यकाका सडक र खाेलाका किनारमा ढकमक्क फुलेका फूलहरुले सवारी चालक र पैदल यात्रुलाई लोभ्याई रहेको छ । 

शब्द/तस्बिरः पुष्पा पाल