सेयरबजार : सुखद् रहेन नयाँ वर्षको सुरुवाती कारोबार


काठमाडाैं । सेयरबजारको लागि नयाँ वर्षको सुरुवाती कारोबार सुखद् रहेन । विगत लामो समय देखि थला परेको सेयरबजार नयाँ वर्ष २०८०को कारोबारको पहिलो साताको कुनै दिन पनि लगानीकर्तामा उत्साह देखिएन ।

वैशाख २ गते आइतबार सामान्य अंकले घटेको नेप्से परिसूचक कारोबारको ५ दिनमा एक दिन मात्र बढ्यो ।

साताको पहिलो कारोबार दिन वैशाख ३ गते आईतवार,सोमवार,मंगलवार र बिहीवार नेप्से परिसूचकमा गिरावट आएको थियो भने बुधवार सामान्य अंकले वृद्धि भएको थियो । 

गत साता ६७.६८ अंकले बढेर १९३४.४७ बिन्दुमा पुगेको नेप्से यो साता ३०.०७ अंकले गिरावट आएको छ । गत साता १९३४.४७ बिन्दुमा रहेको नेप्से ३०.०७ अंकले घटेर १९०४.४० बिन्दुमा झरेको छ । पछिल्लो सातामा भएको ५ कारोबार मध्ये १ कारोबारका दिन बजार बढेकोको थियो भने बाँकी ४ कारोबारमा भने बजार घटेको छ ।

सेयरबजारमा अझै पनि ढुक्कले लगानी गर्नसक्ने वातावरण नभएको सेयरबजारका जानकारहरु बताउँछन् । देशमा विद्यमान अस्थिर राजनीति पनि सेयरबजार प्रभावित बन्ने मुख्य कारण रहेको उनिहरुको भनाई छ ।

पछिल्लो ४ महिनामा २ पटक अर्थमन्त्री परिर्वतन हुँदा लगानीकर्ता नै अलमलमा परेको कारोबारले देखाएको छ ।

पुस १० गते विष्णु पौडेल अर्थमन्त्री बन्ने वित्तिकै महिनाभर उत्साहित बनेको सेयरबजार मन्त्री परिर्वतनको खबरसँगै ओरालो लागेको थियो ।

सेयरबजारको लागि भाग्यमानी सावित बनेका पौडेल अर्थमन्त्री बनेपछि १८ सय अंकको हाराहारीमा रहेको सेयरबजार २२ सय अंक माथि पुगेको थियो । अहिले पुनः १८ सयकै हाराहारीमा झरेको थियो ।

केहि दिनको अन्योलता पनि चैत १७ गते अर्थमन्त्री बनेका नेपाली कांग्रेसका डा.प्रकाश शरण महतलाई भने सेयर बजारले अझै भरोसा गर्न नसकेकाे चर्चा छ ।

महतले पुँजीबजार मैत्री धाराणाहरु राख्दा समेत बजारले सकरात्मक प्रतिक्रिया नदिएको विज्ञहरु बताउँछन् ।
वैशाख महिनामा वाणिज्य बैंकहरुको व्याजदर एकल अंकमा झारेपनि लगानीकर्ताले सुरक्षित महशुस नगरेको लगानीकर्ता रविन्द्र शर्मा बताउँछन् ।

‘नेपालको मात्रै नभएर विश्वभरको सेयरबजारमा यस्तै अवस्था रहेको छ, अहिले देशमा चलिरहेको आर्थिक संकट नै प्रमुख समस्या हो, विस्तारै अर्थतन्त्रका सूचकहरुमा सुधार आएपछि मात्रै सेयरबजारमा उत्साह आउछ’ शर्माले भने ।

नयाँ वर्षको पहिलो कारोबारको दिन वैशाख ३ गते आइतबार सेयर मापक सूचक नेप्से परिसूचक २.८० अंकले घटेर १९३१.६८ अंकमा पुगेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । यस दिन नेप्से परिसूचक ०.१४ प्रतिशतले घटेको हो । त्यस्तै राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ परिसूचक पनि ०.२६ अंकले घटेर ३६७.७३ अंकमा पुगेको छ ।

कुल २६५ कम्पनीको ३० लाख ५६ हजार ७ सय ७५ कित्ता सेयर किनबेच हुँदा ९७ करोड ४५लाख ९९ हजार ६१ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।
वैशाख ४ गते सोमबार नेपाल नेप्से परिसूचक २३.६३ अंकले घटेर १९०८.०५ अंकमा पुगेको छ । यस दिन नेप्से परिसूचक १.२२ प्रतिशतले घटेको छ ।
राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ परिसूचक पनि ४.८७ अंकले घटेर ३६२.८७ अंकमा पुगेको छ । सोमबार नेप्सेमा कारोबार भएको सबै उपसमुहको सेयरमूल्य घटेको थियो ।

यस दिन नेप्सेमा कुल २६७ कम्पनीको ३१ लाख ४४ हजार ५ सय ७३ कित्ता सेयर किनबेच हुँदा ९२ करोड ७८ हजार ५ सय ७१ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।

मंगलबार, नेप्से परिसूचक ३.०७ अंकले घटेर १९०४.९८ अंकमा झरेको छ । यस दिन नेप्से परिसूचक ०.१६ अंकले घटेको छ । त्यस्तै मंगलबार सेन्सेटिभ परिसूचक ०.१७ अंकले बढेर ३६३.०४मा झरेको थियो ।

मंगलबार नेप्सेमा कारोबार भएका १३ उपसमुहमध्ये ३ वटा उपसमुहको सेयरमूल्य बढेको छ भने बाँकी १० वटा उपसमुहको सेयर घटेको छ ।

यस दिन कुल २६६ कम्पनीको २९ लाख ७५ हजार ९ सय २० कित्ता सेयर किनबेच हुँदा ८७ अर्ब ४ लाख ४८ हजार १ सय ५१ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।

नयाँ वर्षको पहिलो दुई दिन सेयरबजारमा गिरावट आएपनि कारोबारको तेस्रो दिन भने हरियाली छाएको थियो । गत बुधबार नेप्से परिसूचक १५.१३ अंकले बढेर १९२०.१२ अंकमा पुगेको थियो । यसदिन नेप्से परिसूचक ०.७९ प्रतिशतले बढेको हो ।
त्यस्तै सेन्सेटिभ परिसूचक पनि २.८५ अंकले बढेर ३६५.९० अंकमा पुगेको छ ।

बुधबार नेप्सेमा कारोबार भएका १३ उपसमुहमध्ये एउटा उपसमुह बाहेर सबै उपसमहुको सेयरमूल्य बढेको छ ।
त्यस्तै साताको कारोबारको अन्तिम दिन नेप्से परिसूचक १५.७३ अंकले घटेर १९०४.४० अंकमा पुगेको छ । यस दिन नेप्सेपरिसूचक ०.८२ प्रतिशतले घटेको छ ।

त्यस्तै राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ परिसूचक २.७९ अंकले घटेर ३६३.१२ अंकमा झरेको छ ।
आज नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये सबै उपसमुहको सेयरमूल्य घटेको छ ।