१८ अंकले घट्यो नेप्से परिसूचक


काठमाडौं । आइतबार सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्ज नेप्सेका अनुसार आइतबार सेयर मापक सूचक नेप्से परिसूचक १८.८० अंकले घटेर १८८५.६० अंकमा झरेका छ । त्यस्तै राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ परिसूचक ४ अंकले घटेर ३५९.१३ अंकमा झरेको छ ।

आज नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये १२ उपसमुहको सेयरमूल्य घटेको छ । होटल र पर्यटन उपसमुह बढेको छ ।

आइतबार नेप्सेमा कारोबार रकमका आधारमा मोलुङ हाइड्रो पावरको सबैभन्दा धेरै कारोबार भएको छ । यस कम्पनीको ३ करोड ११ लाख ९५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

आजको दिन नेप्सेमा सनराइज ब्लुचिप फण्ड, आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेड र कालिन्चोक दर्शन लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य क्रमश १० प्रतिशत, १० प्रतिशत र ९.९९ प्रतिशतले बढेर सकरात्मक सर्किट लागेको छ ।

त्यस्तै आज सनराइज फोकस्ड इक्विटी फण्डका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । यो कम्पनीको सेयरमूल्य १० प्रतिशतले घटेर नकरात्मक सर्किट लागेको छ ।

कुल २६५ कम्पनीको २७ लाख ३४ हजार ३०७ कित्ता सेयर किनबेच हुँदा ८२ करोड ८५ लाख ३४ हजार ३६ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।