१ अर्ब रुपैयाँको ऋणपत्र निष्काशन गर्दै लुम्बिनी बिकास बैंक


काठमाडौं । नेपाल धितोपत्र बोर्डले लुम्बिनी विकास बैंकलाई १ अर्ब रुपैयाँको ऋणपत्र निष्कासनको अनुमति दिएको छ। बोर्डले लुम्बिनी विकास बैंकलाई ‘एलबीबीएल डिबेन्चर–२०८९’ निष्कासन गर्न अनुमति प्रदान गरेको हो ।

बोर्डको अनुमतिसँगै लुम्बिनी विकास बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल १० लाख इकाइ भएको ऋणपत्र बिक्री खुला गर्नेछ। कुल इकाइमध्ये बैंकले ६ लाख इकाइ व्यक्तिगत तबरबाट बिक्री गर्नेछ भने बाँकी ४ लाख इकाइको सार्वजनिक निष्कासन गर्नेछ।

यो १० वर्षे अवधिको उक्त ऋणपत्रमा लगानीकर्ताले वार्षिक ११ प्रतिशत ब्याज पाउनेछन्। कम्पनीले उक्त ऋणपत्रको बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङलाई नियुक्त गरेको छ ।