नेप्सेमा झिनो अंकको वृद्धि, कारोबार रकम भने ७५ करोडमा सीमित


काठमाडौं । साताको कारोबारको पहिलो दोस्रो दिन सेयरबजारमा झिनो अंकको गिरावट आएको छ ।

नेपाल स्टक एक्सचेन्ज नेप्सेका अनुसार सोमबार सेयर मापक सूचक नेप्से परिसूचक २.७१ अंकले बढेर १८८८.३२ अंकमा पुगेको छ । त्यस्तै सेन्सेटिभ परिसूचक ०.२३ अंकले बढेर ३५९.३७ अंकमा पुगेको छ ।

आज नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये ४ वटा उपसमुहको सेयरमूल्य घटेको छ भने बाँकी ९ वटा उपसमुहको सेयरमूल्य बढेको छ ।

सोमबार कारोबार रकमका आधारमा कालिका दर्शन लिमिटेड अग्रस्थानमा रहेको छ । कम्पनीको ८ करोड ८१ लाख ७८ हजार २ सय २१ रुपैयाँको कारोबार भएको छ ।

आजको दिन पिपुल्सपावर लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् भने कालिका दर्शन लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् ।

कुल २७० कम्पनीको २२ लाख ६० हजार ८ २३ कित्ता सेयर किनबेच हुँदा ७५करोड १३ लाख ३० हजार ३ सय ९३ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।