आइपीओ निष्काशन गर्न नेपाल रिपब्लिक मिडियाले पायो बोर्डबाट अनुमति


काठमाडौं । नेपाल रिपब्लिक मिडिया लिमिटेडलाई सर्वसाधारणको लागि आईपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट अनुमति पाएको छ । । बोर्डले आइपीओ निष्काशन गर्न कम्पनीलाई वैशाख ११ गते (हिजो) अनुमति प्रदान गरेको हो ।

कम्पनीले १०० अंकित दरका ४३ करोड ५३ लाख रुपैयाँ मूल्य बराबरको ४३ लाख ५३ हजार कित्ता आईपीओ सर्वसाधारणलाई बिक्री गर्नेछ।

कम्पनीले चुक्तापुँजीको ४४।९९ प्रतिशतले हुन आउने आईपीओ ल्याउन लागेको हो। कम्पनीले जारी पूँजीको ४४.९९ प्रतिशत अर्थात ४३ करोड ५३ लाख रुपैयाँ बराबरको ४३ लाख ५३ हजार कित्ता सेयर निष्काशन गर्नेछ ।

सर्वसाधारणलाई आईपीओ निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी ९६ करोड ७५ लाख रुपैयाँ पुग्नेछ । कम्पनीमा संस्थापकहरुको ५५.०१ प्रतिशत अर्थात ५३ करोड २२ लाख रुपैयाँ लगानी रहेको छ ।

कम्पनीले पहिलो चरणमा नेपाल सरकारबाट श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि सर्वसाधारणमा सेयर जारी हुने सेयरको दश प्रतिशतले हुन आउने ४ करोड ३५ लाख ३० हजार रुपैयाँ बराबरको ४ लाख ३५ हजार ३०० कित्ता सेयर जारी गर्नेछ ।

सो आईपीओ बाँडफाँडपछि सर्वसाधारणमा प्रतिसेयर अंकित मूल्य १०० रुपैयाँ दरका ३९ करोड १७ लाख ७० हजार रुपैयाँ बराबरको ३९ लाख १७ लाख ७०० कित्ता सेयर बिक्रीमा ल्याउनेछ ।

कम्पनीले उक्त आईपीओ बिक्री प्रबन्धकमा मेगा क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

यो कम्पनी अन्तर्गत नेपाली र अंग्रेजी पत्रिका बाहेक रेडियो नागरिक, नागरिक न्युज डटकम, रिपब्लिका डटकम, परिवार मासिक पत्रिका छन् ।