अमेरिका, क्यानाडा र अष्ट्रेलियाबाट आएको रेमिट्यान्स दाबी गर्दा रु ५० बोनसमा निरन्तरता


काठमाडौँ । आइएमई डिजिटल सोलुसन लिमिटेडले “आइएमई पे” मा अमेरिका, क्यानाडा र अष्ट्रेलियाबाट आएको रकम प्राप्त गर्दा ग्राहकलाई दिइने ५० रुपैयाँ बोनसलाई निरन्तरता दिने भएको छ।

संसारको जुनसुकै कुनाबाट आउने रेमिट्यान्स ‘आइएमई पे’ मा कन्ट्रोल नम्बर राखी दाबी गर्दा ५० रुपैयाँ रकम बोनसको रुपमा प्रदान गर्दै आइरहेको छ ।

‘आइएमई पे’ ले सो बोनस रकम आगामी दिनहरुमा पनि निरन्तरता दिदैं ग्राहकहरुलाई झन्झट बिना विदेशबाट आएको रकम वालेटमै दावी गर्न प्रोत्साहन गरेको जनाएको छ । कम्पनीका अनुसार सो बोनस रकम अमेरिका, क्यानाडा र अष्ट्रेलियाबाट आएको रेमिट्यान्स दावी गर्दा पनि उपलब्ध हुनेछ।