नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकम ८४ करोडमा सीमित


काठमाडौं । साताको कारोबारको चौथो दिन सेयरबजारमा गिरावट आएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार बुधबार सेयरमापक सूचक नेप्से परिसूचक १३.६८ अंकले घटेर १८९२.०० अंकमा पुगेको छ भने राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ परिसूचक २.११ अंकले घटेर ३१६.५५ अंकमा पुगेको छ ।

आज नेप्सेमा कारोबार भएका सबै उपसमुहको सेयरमूल्य घटेको छ ।

बुधबार कारोबार रकमका आधारमा शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ७ करोड १ लाख ६० हजार ४ सय ५७ रुपैयाँको कारोबार भएको छ ।

आजको दिन नेप्सेमा जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाका लागनीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य ३.२५ प्रतिशतले बढेको छ ।

त्यस्तै आज सनराइज ब्लूचिप फण्डका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । फण्डको सेयरमूल्य ९.१२ प्रतिशतले घटेको छ ।

कुल २६४ कम्पनीको २५ लाख ७१ हजार २ सय २ कित्ता सेयर किनबेच हुँदा ८४ करोड ७० लाख २८ हजार २ सय १९ रुपैयाँको कारोबार भएको छ ।