नेप्सेमा ४ कम्पनीको साढे ११ करोड बढी बोनस सेयर सूचिकृत


काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा बिहिबार ४ कम्पनीको पौनै १२ करोड कित्ता बोनस सेयर सूचीकृत भएको छ ।

स्टकका अनुसार बिहीबार (आज) नेपाल पुनर्बीमा कम्पनी, प्रुडेन्सियल इन्स्योरेन्स, डिप्रोक्स लघुवित्त र निर्धन उत्थान लघुवित्तको ११ करोड ७७ लाख ७ हजार ४ सय ३७.५ कित्ता बोनस सेयर सूचीकृत भएको नेप्सेले जनाएको छ।

नेपाल पुनर्बीमा कम्पनीको ५ प्रतिशत बोनसबापतको ५८ लाख २५ हजार कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ भने प्रुडेन्सियल इन्स्योरेन्सको ३.३२५ प्रतिशत बोनसबापतको ३ लाख ९४ हजार ३ सय ९२ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।

त्यस्तै डिप्रोक्स लघुवित्तको १० प्रतिशत बोनसबापतको १३ लाख ८७ हजार ४ सय ९८ दशमलब ३३२८ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ भने निर्धन उत्थान लघुवित्तको १९ प्रतिशत बोनसबापतको ४१ लाख ७० हजार ५ सय ४७ दशमलब ५ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको नेप्सेले जनाएको छ ।