बिहीबार झिनो अंकले घट्यो नेप्सेपरिसूचक


काठमाडौं । साताको कारोबारको अन्तिम दिन सेयरबजारमा गिरावट आएको छ ।

नेपाल स्टक एक्सचेन्ज नेप्सेका अनुसार सेयर मापक सूचक २.२७ अंकले घटेर १८८९.७३ अंकमा पुगेको छ । राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ परिसूचक ०.४६ अंकले घटेर ३६१.९६ अंकमा पुगेको छ ।

बिहीबार नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये २ उपसमुहको सेयरमूल्य बढेको छ भने बाँकी ११ उपसमुहको सेयरमूल्य घटेको छ ।

नेप्सेमा आज एभरेष्ट बैंक लिमिटेको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ३ करोड ७६ लाख ९१ हजार ४ सय १९ रुपैयाँको कारोबार भएको हो ।

आजको दिन नेप्सेमा सिटिजन्स म्यूचुअल फण्ड–२ का लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । फण्डको मूल्य ५.८५ प्रतिशतले बढेको छ ।

त्यस्तै आज एनआइबीएल ग्रोथ फण्डका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । फण्डको सेयरमूल्य १० प्रतिशतले घटेर नकरात्मक सर्किट लागेको छ ।

कुल २६९ कम्पनीको २१ लाख ७४ हजार ९ सय १४ कित्ता सेयर किनबेच हुँदा ७३ करोड ९६ लाख ५० हजार २ सय ४७ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।