नेपाल पुनर्बीमा कम्पनीको लाभांश घोषणा,बोनस सेयर कति ?


 नेपाल पुनर्बीमा कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीले आफ्ना सेयरधनीहरुलाई गतवर्षको मुनाफाबाट ५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

कम्पनी सञ्चालक समितिको आज (वैशाख १७ गते) बिहान बसेको बैठकले उक्त आर्थिक वर्ष २०७८/७९को मुनाफाबाट हाल कायम चुक्तापुँजी १२ अर्ब २३ करोड २५ लाख रुपैयाँको कुल ५ प्रतिशतले हुन आउने लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

बैठकले ४.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.२५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

उक्त लाभांश नेपाल सरकार र नियामक निकाय नेपाल बिमा प्राधिकरणबाट स्वीकृत भएपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन मात्रै सेयरधनीहरुलाई वितरण गर्नेछ ।