नेपाल धितोपत्र बोर्डले १६ वटा ब्रोकर कम्पनीलाई दियो आशयपत्र


काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले १६ वटा ब्रोकर कम्पनीलाई आशयपत्र (एलओआई) प्रदान गरेको छ ।

बोर्डको सोमबार (आज) बिहान बसेको संचालक समितिको बैठकले आवेदन दिएका मध्ये १६ वटा कम्पनीलाई आशयपत्र दिने निर्णय गरेको सेबोनका प्रवक्ता मुक्तिनाथ श्रेष्ठले जानकारी दिए ।

प्रवक्ता श्रेष्ठका अनुसार यी कम्पनीले बोर्डले तोकेबमोजिमको मापदण्ड पु¥याएर पूर्वाधार तयार गरेपछि ब्रोकर लाईसेन्स पाउने छन् ।

आशयपत्र पाउने १६ वटा ब्रोकर कम्पनी मध्ये एउटा ब्रोकर कम्पनी मेघा स्टक मार्केट लिमिटेड मात्रै पूर्ण कार्य गर्ने धितोपत्र दलाल रहेको छ भने बाँकी १४ वटा कम्पनी सीमित कार्य गर्ने धितोपत्र दलाल रहेका छन् ।

त्यस्तै स्टक डिलरको लागि आवेदन दिएका मध्ये नबिल सेक्यूरिटिज लिमिटेडले आशय पत्र पाएको छ ।

बोर्डले आशयपत्र दिएका कम्पनी मध्ये ७ वटा संस्थागत लगानीका छन् भने बाँकी ९ वटा व्यक्तिगत लगानीका कम्पनी रहेका छन् ।

कोटा खारेज गरेर फ्री इन्ट्री फ्री एक्जिट प्रणालीमा बोर्डले निवेदन मागेपछि ४६ वटा कम्पनीले आवेदन बुझाएका थिए।

बोर्डले निम्न ब्रोकर कम्पनीलाई आशयपत्र प्रदान गरेको छ :