राष्ट्र उत्थान लघुवित्तको लाभांश घोषणा पछि नेप्सेले रोक्यो सेयर कारोबार


काठमाडौं । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । कम्पनीले २०७८–७९ को लागि आफ्ना सेयरधनीलाई १५ प्रतिशत लाभांश घोषणा गरेको हो ।

यता नेपाल स्टक एक्सचेन्जले भने कारोबार समयमा लाभांश घोषणाको निर्णय गरेको भन्दै कम्पनीको सेयर कारोबार रोक्का गरेको छ । सेयर कारोबार रोक्का गर्दै नेप्सेले ३ कार्यदिनभित्र यस विषयमा स्पष्टीकरण पेस गर्न पनि राष्ट्र उत्थान लघुवित्तलाई निर्देशन दिएको छ।

वैशाख १३ गते बसेको सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्तापुँजी २६ करोड रुपैयाँको कुल १५ प्रतिशतले लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

प्रस्तावित लाभांशमा १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.७५ प्रतिशत रहेको छ ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीलाई वितरण गरिने कम्पनीले जनाएको छ ।