चालु आर्थिक वर्षको कुल गार्हस्थ्य उत्पादनमा घरजग्गा कारोबार क्षेत्रको ८.३७ प्रतिशत योगदान


काठमाडाैँ । चालु आर्थिक वर्षको कुल गार्हस्थ्य उतपादनमा घरजग्गा कारोबार क्षेत्रको ८.३७ प्रतिशत योगदान दिएको प्रारम्भिक अनुमान गरिएको छ ।

घर जग्गाको कारोबारमा मन्दी आए पनि निजी आवास तथा भाडाका क्रियाकलापहरूमा भएको बढोत्तरीले कुल गार्हस्थ्य उत्पादनमा योगदान बढेको कार्यालयले जनाएको छ ।

राष्ट्रिय तथ्याङ्क कार्यालयले आर्थिक वर्ष २०७९/०८० को राष्ट्रिय लेखा तथ्याङ्क सार्वजनिक गर्दै अघिल्लो वर्षको तुलनामा चालु आर्थिक वर्ष २०७९ /०८० मा घरजग्गा कारोबार क्षेत्रको योगदान २.१७ प्रतिशतले बढ्ने प्रारम्भिक अनमान गरिएको छ ।

घरजग्गा कारोबारको सेवा क्षेत्रमा मुल्य रुपमा जग्गा जनिमनको खरिद बिक्री, जग्गा जमिन भाडामा लगाउने, अन्य जग्गा कारोबारका सेवा दिने तथा आफ्नै घरबाट उपलब्ध आवास सेवाहरू पर्दछन् ।