नेप्से ९ अंकले घट्दा शिवम् सिमेन्टको सर्वाधिक कारोबार


काठमाडौं । साताको कारोबारको तेस्रो दिन पनि सेयरबजारमा गिरावट आएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार बुधबार सेयर मापक सूचक नेप्से परिसूचक ९.१८ अंकले घटेर १८५७.२३ अंकमा पुगेको छ । त्यस्तै सेन्सेटिभ परिसूचक १.१९ प्रतिशतले घटेर ३५५.८३ अंकमा पुगेको छ ।

बुधबार नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये २ वटा उपसमुहको सेयरमूल्य बढेको छ भने बाँकी ११ वटा उपसमु्हको सेयरमूल्य घटेको छ ।

नेप्सेमा आज कारोबार रकमका आधारमा शिवम् सिमेन्ट अग्रस्थानमा रहेको छ । कम्पनीको ३ करोड ५ लाख ३ हजार ४ सय ९८ रुपैयाँको कारोबार भएको छ ।

आजको दिन नेप्सेमा आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य ६.०९ प्रतिशतले घटेको छ ।
त्यस्तै आजको दिन नबिल ग्रोथ फण्डका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । फण्डको मूल्य ५.३५ प्रतिशतले घटेको छ ।
कुल २६५ कम्पनीको २१ लाख ५५ हजार ५ सय ८६ कित्ता सेयर किनबेच हुँदा ६२ करोड २ लाख ६६ हजार १६ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।