नयाँ स्टक एक्सचेन्जको विरुद्धमा नेप्सेका कर्मचारीले गरे आन्दोलन


काठमाडौं । नयाँ स्टक एक्सचेन्ज ल्याउन लागिएको विरोधमा नेपाल स्टक एक्सचेन्जका कर्मचारी आन्दोलित भएका छन् ।

नयाँ स्टक एक्सचेन्जलाई लाइसेन्स दिन प्रक्रिया अघि बढाएको भन्दै बुधबार नेप्से परिसरमा कर्मचारीहरु आन्दोलनमा उत्रिएका हुन् ।

नेप्से कर्मचारी संघका अगुवाइमा आजबाट नेप्सेका कर्मचारीहरु आन्दोलित भएका हुन्। उनीहरुले नेप्से परिसरमा ब्यानर टाँग्दै नयाँ स्टक एक्सचेन्ज ल्याउने प्रक्रियाविरुद्ध २–३ घन्टासम्म नाराबाजी गरेका थिए।

नेप्से कर्मचारी संघका अध्यक्ष नवराज थापाले नेपालको आर्थिक र भूगोल अनुसार पनि नयाँ स्टक एक्सचेन्जको आवश्यक नरहेको बताएका छन् । उनले नयाँ स्टक एक्सचेन्जमा लगानी गर्न चाहना भएको व्यक्तिहरुलाई नेप्सेमै लगानी गर्न पनि अनुरोध गरेका छन् ।