यामाहा नेपालले ल्यायो ‘ब्लु स्ट्रिक्स’


काठमाडाैँ । नेपालका लागि यामाहाको आधिकारिक वितरक एमएडब्ल्यु इन्टरप्राइजेजले ‘ब्लु स्ट्रिक्स’ पहल सुरु गर्ने घोषणा गरेको छ । गत बैशाख २२ गते यामाहा नेपालले यामाहा ब्लु स्क्वायर, नक्सालमा आफ्नो बहुप्रतीक्षित ‘ब्लु स्ट्रिक्स’ पहल सुरु गर्ने घोषणा गरेको हो ।

यामाहा मालिकहरूलाई एकै ठाउँमा ल्याउन र चालक तथा उनीहरूका मोटरसाइकलहरूबिच बलियो सम्बन्ध सिर्जना गर्न यो डिजाइन गरिएको हो ।

‘ब्लु स्ट्रिक्स’ कार्यक्रममा सामेल भएर यामाहा मालिकहरूले यामाहा समुदायसँग संलग्न भई विभिन्न फाइदा र अवसरहरू प्राप्त गर्नेछन् । विशेष कार्यक्रमका अवसर र सवारीहरूदेखि लिएर भविष्यमा आउने विशेष प्रमोशन र छुटहरूसम्म प्रदान गरी ‘ब्लु स्ट्रिक्स’ ले यामाहा मालिकहरूका लागि थप निकटता र रमाइलो अनुभव सिर्जना गर्ने लक्ष्य राखेको छ ।

‘ब्लु स्ट्रिक्स’ को सुरुवात यामाहाका लागि महत्त्वपूर्ण कोसेढुङ्गा हो,’ माउ इन्टरप्राइजेजका प्रमुख कार्यकारी अधिकृत राजु क्षेत्रीले भने, ‘हामी सम्पूर्ण यामाहा मालिकहरूलाई एकै ठाउँमा ल्याउन र उनीहरूसँग बलियो सम्बन्ध बनाउन पाउँदा हर्षित छौँ । हाम्रो लक्ष्य भनेको मोटरसाइकल र खुला सडकप्रति आफ्नो प्रेम बाँड्न सक्ने भावुक र जिम्मेवार यामाहा मालिकहरूको समुदाय सिर्जना गर्नु हो ।’