गमलाले सजिएकाे बसन्तपुर क्षेत्र (फाेटाेफिचर)


काठमाडौँ। बसन्तपुर दरबार स्क्वायर क्षेत्र घुम्नको लागि मात्र नभएर धार्मिक स्थलको रूपमा पनि निक्कै प्रशिद्ध ठाउँ हो । यहाँ घुम्नका लागि दैनिक हजारौँको संख्यामा विदेशी तथा स्वदेशी पर्यटकहरू आउँने गर्दछन् ।

२०७२ सालमा आएको विनाशकारी भूकम्पका कारण यस क्षेत्रमा रहेको ऐतिहासिक मठमन्दिरहरू ढलेका थिए । भूकम्पका कारण क्षति भएको मठन्दिरहरू अहिले पनि निर्माणाधिन छ ।

बसन्तपुर दरबार स्क्वायर क्षेत्र अहिले एकदमै सुन्दर देखिएको छ । बाटोको छेउछाउमा महानगरले फूलका गमलाहरू राखेर बसन्तपुरको सुन्दरता अझ थपि दिएको छ । काठमाडौँ उपत्यकाका विभिन्न ठाउँहरूमा अहिले महानगरले सुन्दर उपत्यका बनाउने कार्य गरिरहेको छ । हेर्नुहाेस् फूलका गमलाहरूले सुन्दर देखिएको बसन्तपुर दरबारका केही तस्बिरहरू: