प्रभु लाइफ इन्स्योरेन्सको लाभांश घोषणा, बोनस सेयर कति ?


काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई १० प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।

वैशाख २५ गते सोमबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापुँजी २ अर्ब रुपैयाँको कुल १०.५२६ प्रतिशतबराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

प्रस्तावित लाभांशमा १० प्रतिशतले हुन आउने २० करोड रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ ०.५२६ प्रतिशतले हुन आउने १ करोड ५ लाख २६ हजार ३१६ रुपैयाँबराबरको नगद लाभांश छन्।

समितिको बैठकले प्रस्ताव गरेको उक्त लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृतिभएपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गर्ने कम्पनीले जनाएको छ।