टेकाेमा अड्डिएकाे काठमाडाैँका सांस्कृतिक सम्पदा (फाेटाेफिचर)


काठमाडौँ । २०७२ सालमा गएको विनासकारी भूकम्पले देशकाे विभिन्न स्थानमा धेरै ठुलो क्षति गर्याे । त्यस विनासकारी भूकम्पले ८ हजार ८ सयभन्दा बढी मानिसको ज्यान लिएकाे थियाे भने यसकाे झण्डै तीन गुणाभन्दा बढी मानिस घाइते भएका थिए । उक्त भूकम्पका कारण बसन्तपुरका केही मन्दिरहरुमा पनि क्षति पुगेको थियो । भूकम्पका कारण क्षतिग्रस्त भएका र लड्न लागेका पुरातात्विक तथा ऐतिहासिक संरचनाहरुको पुनर्निर्माण कार्य भइरहे पनि ८ वर्ष बित्दा पनि निर्माण नसकिनु निकै बिडम्बनाकाे कुरा हाे ।  

भत्किएका केही संरचना निर्माण भइसके पनि काठमाडौँका केही संरचना अझै टेकोकै भरमा छन् । टेको लगाएका घर तथा सांस्कृतिक सम्पदाहरु अझै पनि पुनःनिर्माण हुन सकेको छैनन् । सरकारले चासो नदिँदा  बसन्तपुर, असन लगाएतका क्षेत्रहरुमा भूकम्पले चर्काएका संरचनाहरु अझै टेकोकै भरमा छन् । 

काठमाडौँ उपत्यकाका विभिन्न ठाउँहरुमा अहिले सुन्दर उपत्यका बनाउने कार्य भइरहे पनि भूकम्पले क्षतिग्रस्त भवनहरु अव्यवस्थित तरिकाले टेको लगाएर जोगाई राखेका छन । यहाँ घुम्नका लागि दैनिक हजारौँको संख्यामा विदेशी तथा स्वदेशी पर्यटकहरु आउँने गर्दछन् । यस्तो पर्यटकीय क्षेत्रमा पनि टोको लगाइनुले पर्यटकीय क्षेत्रको सुरक्षा तथा सुन्दरतामा ह्रास पुर्याएको देखिन्छ ।

 शब्द/तस्बिरः पुष्पा पाल