प्रतिनिधि सभाको बैठक अवरुद्ध,१५ मिनेटका लागि स्थगित


काठमाडौँ । प्रतिनिधि सभाको बैठक अवरुद्ध भएको छ ।

राप्रपाका सांसदले राष्ट्रम घेराउ गरेपछि बैठक १५ मिनेटका लागि स्थगित भएको छ । बैठक सुरु हुने वित्तिकै राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले बोल्न खोजेका थिए ।

सभामुख देवराज घिमिरेले आज शून्य समयबाहेक अन्य समय नभएको भनेरपछि राप्रपाका संसदले राष्ट्रम घेराउ गरेका हुन् ।

सभामुख घिमिरेले बैठक अगाडि बढाउने प्रयास गरे पनि राप्रपाको सांसदले घेराउ नछोडेपछि बैठक १५ मिनेटका लागि भन्दै स्थगित गरिएको छ ।