विकासमा पक्षपात भयो भने विद्रोह हुन्छ–अध्यक्ष तिमिल्सिना


काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सनाले विकासका योजना छनौटमा पक्षपात हुँदा त्यसले विद्रोह निम्त्याउने सक्ने चिन्ता व्यक्त गरेका छन् ।

अध्यक्ष तिमिल्सिनाले आफ्नो जन्मगाउँ पर्वतको मोदी गाउँपालिका वडा नं ७ को वडा कार्यालय भवनको उद्घाटन गर्दै विकास निर्माणका काम योजनाबद्ध र आवश्यकताका आधारमा हुन आवश्यक रहेको बताए ।

उनले भने,“ बिना गुरुयोजना पहुँच हुनेले योजनाहरू लाने र अरुले नपाउने भयो भने त्यस्तो अवस्थामा बिद्रोह हुन्छ । पक्षपात रहित ढंगले बिकासको समानुपातिक वितरण आवश्यक छ ।”

अध्यक्ष तिमिल्सिनाले बिकासमा पक्षपात गर्नुहुँदैन भन्ने मान्यता सबैले राख्नुपर्ने कुरामा जोड दिदै सबैले भूगोल र क्षेत्रका बासिन्दाले पनि आफ्ना योजना पनि छनौटमा पर्छन भन्ने धैर्यता राख्ने र नीति निर्माण तहमा रहेका व्यक्तिले बिना पक्षपात काम गर्दै जाने हो भने त्यसले राम्रो प्रतिफल प्राप्त हुने बताए ।

तीन वटै तहका सरकारले आगामी आर्थिक बर्षका लागि बजेटको तयारी गरिरहेका बेला योजनाबद्ध र आवश्यकताका आधारमा योजना छनौट गर्न उनले आग्रह गरे ।

अध्यक्ष तिमिल्सिनाले २०५४ सालमा पोखरा बागलुङ सडक मात्रै रहेको अवस्थाको चर्चा गर्दैै तत्कालिन जिल्ला विकास समिति पर्वतमा सभापति भएपनि आफ्नै गाउँमा सडक बनाएर र अरु गाउँमा सडक उद्घाटन गर्दै छ भनेर आरोप लागेको स्मरण गरे ।

आफू तत्कालिन जिविस सभापति हुँदा कार्यकालको अन्तिम वर्ष मात्रै गाउँ आउने सडकका लागि बजेट बिनियोजन गरेको उल्लेख गरे ।

पर्वत जिल्लाका सबै वडा कार्यालयहरूसम्म पुग्ने सडक कालोपत्रे हुने चरणमा रहेको बताउँदै अध्यक्ष तिमिल्सिनाले अहिले काम भैरहेका र योजना छनौट प्रकृयामा रहेका स्थानका वासिन्दालाई पनि धैयता गर्न आग्रह गरे ।

आफू राष्ट्रियसभालाई राम्रो समय चलाउने तर बचेको समय बिकास निर्माण र देशका अन्य सरोकारका बिषयमा पनि लागिरहने प्रतिबद्धता जनाए ।