माैद्रिक नीतिकाे समीक्षाकाे बैंकर्स संघद्वारा स्वागत


काठमाडाैँ । नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले मौद्रिक नीतिको समीक्षाले बैंकिङ क्षेत्रको सन्तुलन कायम गर्ने बताएका छन् ।

अध्यक्ष केसीले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षाको बैंकर्स संघले स्वागत गरेको भन्दै बैंकिङ क्षेत्रमा देखिएका समस्या केन्द्रित भएर सन्तुलन कायम गर्ने आएको बताए।

शुक्रवार न्युज एजेन्सी नेपालसँग मौद्रिक नीतिको समिक्षाका विषयमा प्रतिक्रिया दिँदै अर्थतन्त्रको चुनौति र समस्या समाधान गर्ने कोशिस गरेको बताए।

उनले मौद्रिक नीतिको समिक्षामा बैंकिङ क्षेत्रमा देखिएका समस्यालाई समेटिएर सन्तुलन रुपमा ल्याएको प्रतिक्रिया दिए।

मौद्रिक नीतिको समीक्षाले बैंकको खराब कर्जा बढ्ने, कर्जाको माग कम हुने जस्ता चुनौतिलाई समाधान गर्न विशेष जोड दिएको बताए ।

होटल तथा रेष्टुरेण्ट, पशुपंक्षीपालन, निर्माण क्षेत्रले दिएको बैंकको कर्जा पुनःसंरचना र पुनःतालिकीकरण गर्न पाउने व्यवस्थाले कर्जा संकलनमा देखिएको समस्यालाई सहज बनाउने धारणा उनकाे छ ।

कर्जा पुनःसंरचना र पुनःतालिकीकरण गर्न पाउने व्यवस्थाले अफ्ठ्यारोमा परेको उत्पादन उद्योग र निर्माणलाई मद्दत गर्ने बताए । “बैंक रेट घटेको छ तर पोलिसी रेट यथास्थितीमा राखिएको छ । यसले एसएलएफको रेट कम भएर जाने देखिन्छ । बैंकको कर्जाको ब्याजदर कम हुन थालेको छ । निक्षेपको रेट २.५ प्रतिशतले कम भएको छ । तर तत्काल बैंकको कर्जाको दरमा प्रभाव पार्ने अवस्था छैन ।” उनले भने।

मौद्रिक नीतिले स्थायी तरलता सुविधा (एसएलएफ) प्रदान गर्ने बैंक दर १ प्रतिशतले घट्दा तत्काल बैंक कर्जाको ब्याजदरमा असर नपर्ने बताए। उनले पछिल्लो समय नीतिगत व्यवस्था अनुसार बैंकको निक्षेप र कर्जाको ब्याजदर कम हुँदै गएको बताए।

केसीले डिभेन्चरको काउण्टलाई डिपोजिटमा काउण्ट गर्ने व्यवस्था पुस मसान्तसम्म पुनःसंरचना र पुनःतालिकीकरण गर्दा १०० अर्बको बैकिङ क्षेत्रलाई उपलब्ध हुनसक्ने बताए। १०० अर्ब रुपैयाँ बैंकिङ क्षेत्रमा आउँदा तरलतालाई सहजता आउने उनकाे भनाइ छ ।