नेप्सेमा १६ अंकको गिरावट


काठमाडौं । साताको कारोबारको पहिलो दिन सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आइतबार सेयर मापक सूचक नेप्से परिसूचक १६.९६ अंकले घटेर १८२१.६४ अंकमा झरेको छ ।

राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ परिसूचक पनि ३.५२ अंकले घटेर ३४९.५८ अंकमा पुगेको छ ।

आइतबार नेप्सेमा कारोबार भएको १३ उपसमुहमध्ये १२ वटा उपसमुहको सेयरमूल्य घटेको छ भने बाँकी एउटा उपसमुहको मात्रै सेयरमूल्य बढेको छ ।

आजको दिन कारोबार रकमका आधारमा नागरिक लगानी कोष अग्रस्थानमा रहेको छ । कम्पनीको ५ करोड ३५ लाख ७५ हजार ७ सय ८१ रुपैयाँको कारोबार भएको छ ।

त्यस्तै आजको दिन आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर सकरात्मक सर्किट लागेको छ ।

त्यस्तै आजको दिन राष्ट उत्थान लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको सेयरमूल्य ६.३७ प्रतिशतले घटेको छ ।

कुल २६३ कम्पनीको २७ लाख ८८ हजार ८ सय १५ कित्ता सेयर किनबेच हुँदा ९० करोड ५ लाख ६३ हजार ८ सय ५६ अंकको कारोबार भएको छ ।