२४.७४ अर्बको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्रबैंक, बोलकबोल आज


काठमाडौं । नेपाल राष्ट्र बैंकले सरकारका लागि ट्रेजरी बिल बिक्री गरेर पौने २५ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ ।

यसका लागि राष्ट्र बैंकले आज दिउँसो ३ बजेसम्म बोलकबोल गर्न आग्रह गरेको छ । सोमबार बोलकबोल गरेको ट्रेजरी बिल मंगलबार जारी (वितरण) हुने बैंकले जनाएको छ ।

ट्रेजरी बिलमार्फत सरकारले २४ अर्ब ७४ करोड ५० लाख रुपैयाँ आन्तरिक ऋण उठाउन लागेको हो । जसमध्ये १८ अर्ब ७४ करोड ५० लाख परिपक्व अवधि पूरा भएको पुरानो ट्रेजरी बिल नविकरण गर्न लागेको हो भन ६ अर्ब रुपैयाँ बराबरको नयाँ ट्रेजरी बिल जारी गरेको हो।

राष्ट्र बैंकले जेठ २ गते जारी हुने २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने ट्रेजरी बिलको बोलकबोल गर्न लागेको हो। राष्ट्र बैंकले २८ दिनका लागि ५ अर्ब रुपैयाँ, ९१ दिनका लागि ८ अर्ब रुपैयाँ, १८२ दिनका लागि ९ अर्ब ८५ करोड ५० लाख रुपैयाँ र ३६४ दिनका लागि १ अर्ब ८९ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्नेछ। यी ट्रेजरी बिल क्रमशः २०८० जेठ ३० गते, साउन ३० गते, कात्तिक २८ गते र २०८१ जेठ १ गते परिपक्व हुनेछन्।

। सरकारले चालु आर्थिक वर्षमा २ खर्ब ५६ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्य तय गरेको छ ।