नेप्सेको गिरावट जारी, ७२ करोडमा खुम्चियो कारोबार


काठमाडौं । साताको कारोबारको दोस्रो दिन सेयरबजारमा झिनो अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार सेयर मापक सूचक नेप्से पसिूचक ३.३४ अंकले घटेर १८१८.३१ अंकमा पुगेको छ ।

त्यस्तै राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ परिसूचक पनि ०.५७ अंकले घटेर ३४९.०१ अंकमा पुगेको छ ।

नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये ४ वटा उपसम्ुहको सेयरमूल्य बढेको छ भने बँकी ९ वटा उपसमुहको सेयरमूल्य घटेको छ ।

सोमबार कारोबार रकमका आधारमा एनआईसी एसिया बैंक अग्रस्थानमा रहेको छ । कम्पनीको सेयरमूूल्य ३ करोड ४ लाख २९ हजार २ सय ५२ रुपैयाँको कारोबार भएको छ ।

आजको दिन नेप्सेमा एनआइबीएल ग्रोथ फण्डका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । फण्डको मूल्य ९.८८ प्रशितले बढेको छ ।

स्तै आजको दिन सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको मूल्य ६.४५ प्रतिशतले घटेको छ ।

कुल २६६ कम्पनीको २३ लाख ४१ हजार २ सय ४० कित्ता सेयर किनबेच हुँदा ७२ करोड ४९ लाख ६९ हजार ९ सय ८० रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।