प्रभु लाइफको लाभांश संसोधन, कति घट्यो बोनस सेयर ?


काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनीको लाभांश संशोधन भएको छ। कम्पनीले पेश गरेको चुक्ता पुँजीको १०.५२ प्रतिशत लाभांश प्रस्ताव नेपाल बिमा प्राधिकरणको निर्देशनमा संसोधन गरिएको जनाएको छ ।

गत वैशाख २५ गते कम्पनीले आर्थिक वर्ष २०७७–७८ को लागि सेयरधनीहरुलाई हाल कायम चुक्तापुँजी २ अर्ब रुपैयाँको कुल १०.५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो। जसमा १० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.५२६ प्रतिशत लाभांश थियो।

प्रस्तावित लाभांश स्वीकृतिका लागि कम्पनीले बीमा प्राधिकरणमा पेस गरेको थियो। बीमा प्राधिकरणले कम्पनीको वित्तीय विवरण ससर्त स्वीकृत गर्दै लाभांशमा संशोधन गर्न निर्देशन दिएको थियो।

जसअनुसार आज (बुधबार) बसेको कम्पनी संचालक समितिको बैठकले निर्णयले लाभांश संशोधन गरेको छ । बैठकले चुक्ता पुँजीको ९.८ प्रतिशत बोनस सेयर र बाँकी ०.५१ प्रतिशत नगद (कर प्रयोजनका लागी) वितरण गर्ने प्रस्ताव गरेको छ ।

अब कम्पनीको वार्षिक साधारणसभाबाट अनुमोदन भए पश्चात उक्त लाभांश सर्वसाधारणलाई वितरण गरिने छ।