पुँजीबजारका ठुला सेटिङ भत्काउन सुरु भएको छ : प्रधानमन्त्री


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले पुँजी बजारमा भएका ठुला सेटिङ भत्काउन सुरु भएको बताएका छन् ।

बिहीबार प्रतिनिधि सभाको बैठकमा सांसदहरुको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्रीले पुँजीबजारमा भएको ठुलो सेटिङ भत्काउन सुरु गरिएको बताएका छन् ।

बिहीबार दिउँसो १ बजे सुरु भएको बैठकमा एक सांसदहरुले प्रधानमन्त्री प्रचण्डलाई सोधेको प्रश्नमा उनले यस्तो जवाफ दिएका हुन् ।

प्रधानमन्त्रीले कतिपय सन्दर्भमा नक्कली भुटानी शरणार्थी प्रकरणलाई मात्रै सरकारले ध्यान दिएको छ कि भन्ने किसिमले प्रचार गरिएपनि त्यो मात्रै नभएर तमाम ठुलठुला भ्रष्टाचारका घटनामा पनि सरकारको ध्यान गएको बताए ।

उनले भने, ‘अन्य ठुलठुला घट्ना जो विवादमा रहे ति सबैको छानबिन गर्ने कुरा, सम्पत्ति शुद्धीकरणसम्बन्धी केसहरुको छानबिन र दोषीलाई कारबाही गर्ने कुरा, राजश्वमा भएका ठुलठुला चलखेल, पूँजीबजार सम्बन्धी ठुला सेटिङलाई भत्काउने कुरा सरकारले सुरु गरिसकेको जानकारी गराउँछु।’

साथै प्रधानमन्त्रीले मुलुक आर्थिक संकटमा गुज्रिएको प्रमुख कारण भ्रष्टचार नै भएको हुँदा भ्रष्टचार उन्मुलन गर्न ऐनहरु संसोधन र निर्माण गर्न जरुरी रहेको बताए ।