सहकारी अनुगमन र नियमनमा कडाई गरिने


काठमाडौँ । सरकारले पछिल्लाे समय सहकारी संस्थामा देखिएकाे समस्यालाई समाधान गर्ने अनुगमन र नियमनलाई कडाई गर्ने भएकाे छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा सरकारको आर्थिक वर्ष २०८० |०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रिय सहकारी नितिमा परिर्माजन गरेर सहकारी संस्थाहरूलाई उत्पादन क्षेत्रमा केन्द्रित गर्ने व्यवस्था ल्याउने बताएका हुन् ।

सरकारको आगामी नीति तथा कार्यक्रममा सहकारीमा बचत कर्ताको लगानी सुरक्षा गरिने, सहकारीलाई कडाई साथ नियमन गरिने पनि उल्लेख छ ।