चिनी उद्याेगले बक्यौता रकम नदिएपछि उखु किसान आन्दाेलन गर्दै (फाेटाेफिचर)


काठमाडौँ । कपिलबस्तु किसान संघ तथा उखु किसान संघर्ष समितिले चिनी मिलबाट बक्यौता रकम नपाएको भन्दै काठमाडौँको माइतीघर मण्डलामा धर्ना गरिरहेका छन् । उनीहरूले धेरै पटक पटक आन्दोलन गरेता पनि भुक्तानी नपाएको गुनासो गरिरहेका छन । २०७१–७२ सालमा सरकारसँग भएको सम्झौता अनुसार उखुको मूल्य प्रतिक्विन्टल २५ रूपैयाँ तोकिएको थियो । सम्झौता अनुसार उखु किसानले उद्योगबाट रकम भुक्तानी पाउने भनिए पनि उद्योगले सरकारबाट रकम नपाएको भन्दै किसानलाई उखुको भुुक्तानी दिन इन्कार गरेको उनीहरूकाे भनाई छ । 

शब्द/तस्बिर: पुष्पा पाल