नेप्सेमा सामान्य सुधार, शिवम् सिमेन्टको सर्वाधिक कारोबार


काठमाडौं । साताको कारोबारको दोस्रो दिन पनि सेयरबजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आइतबार सेयर मापक सूचक नेप्से परिसूचक ८.१० अंकले बढेर १८९१.३१ अंकमा पुगेको छ ।

सेन्सेटिभ परिसूचक पनि ०.५४ अंकले बढेर ३५८.८८ अंकमा पुगेको छ ।

आज नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये २ वटा उपसमुहको सेयरमूल्य घटेको छ भने बाँकी ११ वटा उपसमुहको सेयरमूल्य बढेको छ ।

सोमबार कारोबार रकमका आधारमा शिवम् सिमेन्ट अग्रस्थानमा रहेको छ ।

आजको दिन नेप्सेमा आत्मनिर्भर लघुवित्तका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर सकरात्मक सर्किट लागेको छ ।

त्यस्तै आजको दिन ग्रिन लाइफ हाइडोपावरका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको सेयरमूल्य ७ प्रतिशतले घटेको छ ।

कुल २७२ कम्पनीको ३४ लाख ९५ हजार७ सय ५२ कित्ता सेयर किनबेच हुँदा १ अर्ब २७ करोड ८७ लाख ४ हजार ७ सय २६ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।